कुमारी बैंकको कात्तिक २१ गते साधारणसभा, के-के छन् एजेण्डा ?
वि.सं.२०७९ असोज ३१ सोमवार ०९:४९
shares

काठमाडौं, ३१ असोज । कुमारी बैंकको कात्तिक २१ गते बाईसौ बार्षिक साधारणसभा हुने भएको छ । कम्पनीको असोज ३० गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार सभा बस्ने निर्णय गरेको हो ।
सभा कुमारी बैंक लिमिटेड, नक्साल (प्रहरी प्रधान कार्यालय पेट्रोल पम्प अगाडी) काठमाडौंमा विहान ११ बजे बस्नेछ ।
उक्त सभामा आर्थिक वर्ष २०७८/०७९ को वार्षिक विवरण छलफल गरी पारित गर्ने, बैंकको सहायक कम्पनी कुमारी क्यापिटल लिमिटेडको आर्थिक वर्ष २०७८/०७९ को वित्तीय विवरण सहितको एकिकृत वित्तीय विवरण छलफल गरी पारित गर्ने,आर्थिक वर्ष २०७९/०८० को लागि लेखापरीक्षक नियुत्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने, संचालक समितिले प्रस्ताव गरे बमोजिम कर प्रयोजन सहित चुक्ता पूँजीको १२ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने छलफलहरु गर्नेछ ।
भबिष्यमा अन्य कुनै मर्चेन्ट बैकिङसँग गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी उपयुक्त प्रस्ताव आएमा वा गाभ्ने/गाभिने तथा प्राप्ति गर्नु पर्ने भएमा सो संग सम्बन्धित सम्पूर्ण कार्यहरु गर्नका लागि संचालन समितिलाई अख्तियारी प्रदान गर्ने तथा अन्य छलफलहरु कम्पनीले गर्नेछ ।















