Dhulikhel Eco Banner new

आशा लघुवित्तको संस्थापक शेयरमा आवेदन दिने म्याद थप

4.07K
shares

काठमाडौं, १ कात्तिक । आशा लघुवित्तको वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर आवेदन दिने म्याद थप भएको छ । कम्पनीले असोज ३१ गतेका लागि मात्र खुला गरेेको शेयरमा आवेदन नपरेपछि पुन समय थप गरेको हो ।

कम्पनीले असोज २३ गतेदेखि ७ लाख ८९ हजार ९ सय कित्ता संस्थापक समूहको शेयर लिलामीमा ल्याएको हो । उक्त शेयर खरीद गर्न इच्छुक योग्य व्यक्तिले आज कार्यालय समयसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको शेयरको मूल्य प्रतिकित्ता ३९५ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् । आवेदकले शेयर खरीदका लागि आवेदन दिदा न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम शेयर संख्याका लागि कुनै पनि हद नलाग्ने कम्पनीले जानकारी दिएको छ ।

कार्यालयसम्म प्राप्त भएका बोलपत्र कात्तिक १ गते मंगलवार ११ बजे प्रभु क्यापिटल कमलादीमा खोलिने छ । बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।