सिटिजन्स बैंककाे साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित
वि.सं.२०७९ कात्तिक ४ शुक्रवार १८:०१
shares

काठमाडौं, ४ कात्तिक । सिटिजन्स बैंकको सोह्रौँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीको अध्यक्षतामा शुक्रबार, अमृतभोग, कालिका स्थान, डिल्लीबजार, काठमाण्डौमा सोह्रौँ वार्षिक साधारण सभा सम्पन्न भएको हाे ।
बैंकले सो सभामा ९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सो साधारण सभाले गत आर्थिक वर्ष २०७८/७९ को वितरण योग्य मुनाफाबाट २०७९ आषाढ मसान्तको चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार ६ रूपैयाँको ९ प्रतिशतका दरले हुन आउने १ अर्ब २७ करोड ८० लाख ८७ हजार ६६१ रूपैयाँ बराबरको नगद लाभांश (लाभांश कर समेत) दिने प्रस्ताव पारित भएको हो । यससँगै सिटिजन्स बैंक आ.व. २०७८/७९ को लाभाशं पारित गर्ने पहिलो बैंक बनेको छ ।
यसैगरी, आ.व. २०७८/७९ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरिएको छ। बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७९ आषाढ मसान्तको एन.एफ.आर.एस बमोजिम तयार गरिएको वासलात, आ.व. २०७८/७९ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत भएको छ ।
















