नेप्सेको नयाँ वेबसाइट कात्तिक २७ गतेबाट संचालनमा आउने
वि.सं.२०७९ कात्तिक ६ आइतवार १८:०४
4.34K
shares
shares

काठमाडौं, ६ कात्तिक । नेपाल स्टक एक्सचेन्जको नेप्सेको नयाँ वेबसाइट कार्तिक २७ गतेबाट पूर्णरुपमा संचालनमा आउने भएको छ ।
नेप्सेले आइतवार (आज) सूचना जारी गर्दै सूचीकृत सम्पूर्ण कम्पनीहरूलाई यही कात्तिक २५ गतेभित्रै अनिवार्यरूपमा नट्सको लगइन-युजर आईडी लिन अनुरोध गरेको हो ।
नयाँ वेबसाइट पूर्ण रुपमा संचालनमा आउँन लागेकोले नेप्सेले सम्पूर्ण सुचिकृत कम्पनीहरुलाई नयाँ वेबसाइटको लागि लगइन आईडी लिनको लागि आग्रह गरेको छ ।
















