ग्लोबल आईएमई बैंकले १३.६ प्रतिशत लाभांश दिने
वि.सं.२०७९ कात्तिक १४ सोमवार १२:५४
shares
काठमाडौं, १४ कात्तिक । ग्लोबल आईएमई बैंकले शेयरधनीलाई १३.६ प्रतिशत लाभांश दिने भएको छ ।
बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी वार्षिक साधारणसभाबाट स्वीकृति पश्चात वितरण गर्ने गरी आर्थिक वर्ष २०७८/७९ को वितरण योग्य मुनाफाबाट आफ्ना शेयरधनीलाई १३.६ प्रतिशत लाभांश (बोनश शेयर ३ प्रतिशत र नगद लाभांश १०.६ प्रतिशत) वितरण गर्ने प्रस्ताव गरेको बैंकले जनाएको छ ।
बैंकको चुक्ता पूँजी २३ अर्ब ७९ करोड रुपैयाँको ३ प्रतिशतले हुन आउने करिब ७१ करोड ३८ लाख रुपैयाँ बराबरको बोनश सेयर र १०.६ प्रतिशतले हुन आउने करिब २ अर्ब ५२ करोड २३ लाख रुपैयाँ बराबरको नगद लाभांश शेयरधनीहरुलाई वितरण गर्ने भएको छ ।

















