Dhulikhel Eco Banner new

त्रिशूली जलविद्युतको आईपीओमा रकम संकलन गर्न दुई दिन बाँकी

4.07K
shares

काठमाडौं, १६ कात्तिक । माथिल्लो त्रिशूली ३ बी जलविद्युत आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत कम्पनी लिमिटेडका ९५ हजार बढी आवेदकले बाँकि रकमको लागि आवेदन दिएका छन् ।

बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार आज कार्तिक १५ गतेसम्ममा ९५ हजार ३ सय ८ जना आवेदकबाट २३ लाख १२ हजार ५ सय ७२ कित्ताको लागि आवेदन परेको हो ।

कम्पनीले सर्वसाधारणलाई निश्कासन गरेको सेयर बापतको बाँकी रकम असोज ४ गतेबाट संकलन गर्न थालेको हो । कम्पनीले आफ्ना शेयरधनीहरुलाई यथाशीघ्र आईपिओको बाँकी रकम बुझाउन आग्रह गरेको छ । कम्पनीले सार्वजनिक सुचना जारी गर्दै अब आवेदन दिन २ दिन मात्र बाँकि रहेकोले यथाशीघ्र बाँकि रकम बुझाउन आग्रह गरेको हो ।

कम्पनीले सर्वसाधारणलाई निश्कासन गरेको सेयर बापतको बाँकी रकम ४ असोजबाट संकलन गर्न थालेको हो । रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटको यस आयोजनाले २०७५ सालमा मै प्रति कित्ता १० रुपैयाँ संकलन गरेको थियो ।

जनताको जलविद्युत कार्यक्रम अन्तर्गत कम्पनीले २०७५ को चैतमा सर्वसाधारणका लागि ३७ लाख ५ हजार कित्ता (कम्पनीका कर्मचारीका लागि आरक्षण गरिएको समेत) सेयर निश्कासन गरी प्रति सेयर एक सय रुपैयाँ अङकित मूल्यको न्यूनतम १० प्रतिशतले हुने १० रुपैयाँ मात्र संकलन गरेको थियो ।

कम्पनीको सेयर बाँडफाँडमा सेयर पाई प्रतिकित्ता १० रुपैयाँ बुझाएका जम्मा १ लाख ५४ हजार ५ सय ५९ जना सर्वसाधारण सेयरधनीले प्रतिकित्ता बाँकी ९० रुपैयाँ बुझाउनु पर्ने छ ।

आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लिरिङ लिमिटेडबाट उपलब्ध गराइएको ‘मेरो सेयर’ सफ्टवेयरबाट समेत शेयरधनीहरुले रकम बुझाउनआवेदन दिन सक्नेछन् ।

शेयरधनीहरुले यसरी रकम भुक्तानी गर्दा आश्वा शुल्क समेत तिर्नु पर्ने छैन । धितोपत्र बोर्डले आश्वा शुल्क छुट दिएको छ । धितोपत्र निश्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लि. रहेको छ ।