Dhulikhel Eco Banner new

नेपाल वेयरहाउजिंग कम्पनीको साधारणसभा सम्पन्न

4.37K
shares

काठमाडौं, २१ कात्तिक । नेपाल वेयरहाउजिंग कम्पनी लिको चौथो बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

यस साधारण सभा मार्फत कम्पनीले संस्थापकहरुबाट कूल पुजीको ८० प्रतिशत बराबर ५५ करोड पुजी पुर्याई २० प्रतिशत बाराबारको १३ करोड ७५ लाख सर्बसाधारणहरुका लागि यहि आर्थिक वर्ष भित्रमा जारी गर्नेछ ।

कम्पनीले साइलो प्रबिधिबाट मकै, गौ, भटमास लगायत ५५,००० मेट्रिक टन क्षमता बराबर भण्डारण सुबिधा, कृषी उपजहरुको बैज्ञानिक लिलाम ब्यबस्थापन, वेयरहाउस रसिदको धितोमा विभिन्न बैंकहरुको सहकार्यमा ऋण सुबिधा तथा अनाज कन्टेनरको सेवा दिनेछ ।

कम्पनीले सुनसरी जिल्लाको औरबानी शाखा र कपिलबस्तु जिल्लाको चन्द्रौटा शाखामा १५००० मेट्रिक टन क्षमताका साइलो, पर्सा जिल्लाको बिरुवागुठी शाखामा २५००० मेट्रिक टन क्षमताका साइलो जडान गरिरहेको छ ।

तिनवटै पारियोजानाको अनुमानित लागत १ अर्ब ५० करोड छ, जसमा बाकी लगानी ५ वटा बैंकहरुबाट सहबित्तियकारणबाट जुटाईएको छ । औरबानी शाखाको संचालन यहि महिनाबाट भण्डारण सुरुवात गर्ने योजना कम्पनीको छ ।

साथै ६ महिना भित्र अन्य दुई परियोजना मार्फत सेवा प्रदान गर्ने लक्ष कम्पनीको छ । लगत्तै कम्पनीले धानको विभिन्न शाखाहरुबाट लिलाम बडाबडको सुरुवात गर्ने लक्ष समेत कम्पनीले लिएको छ ।

कम्पनीको भारतको सबैभन्दा ठुलो भण्डारण सुबिधा प्रदायक नेशनल कोलट्ररल म्यानेजमेन्ट कम्पनी लिमिटेडसँग सहकार्य रहेको छ ।

यसले देशमा अन्न सुरक्षा बडाई देशको खाद्य सुरक्षामा महत्वपूर्ण योगदान गर्ने लक्ष लिईएको छ ।कम्पनीमा निम्बस समूह, शिखर इन्स्योरेन्स, श्रीनगर एग्रो, मुक्तिनाथ एग्रो, निफ्रा, एनएमवि बैंक, आईएमई जनरल इन्स्योरेन्स, हाथवे, हिमालयन क्यापिटल, टिएनआई, टिम भेन्चस्, आध्यानता, अल्फा क्यापिटल लगायतको लगानी रहेको छ ।