Dhulikhel Eco Banner new

गरिमा विकास बैंकले गर्यो लाभांश घोषणा

7.88K
shares

काठमाडौं, २५ कात्तिक । गरिमा विकास बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीको बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले आर्थिक वर्ष २०७८/७९ सम्म सञ्चित रहेको मुनाफाबाट १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.५० प्रतिशत नगद लाभांश गरि कुल १४.५० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले आर्थिक बर्ष २०७८÷७९ को संचित मुनाफा तथा शेयर प्रिमियम समेतबाट शेयरधनीलाई हाल कायम रहेको चुक्ता पूँजी ४ अर्ब ५९ करोड ८ लाख ७३ हजार ५ सय १ रुपैयाँको १३ प्रतिशतले हुन आउने ५९ करोड ६८ लाख बराबरको बोनस शेयर र कर प्रयोजनको लागि १.५० प्रतिशतले हुन आउने ६ करोड ८८ लाख ६३ हजार बराबरको नगद गरि कुल १४.५० प्रतिशतले हुन आउने ६६ करोड ५६ लाख ७६ हजार रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।