Dhulikhel Eco Banner new

आईएमई लिमिटेडले आईपीओ जारी गर्ने

4.58K
shares

काठमाडौं, २५ कात्तिक । आईएमई समुह अन्तर्गतको आईएमई लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्बसाधारणलाई शेयर जारी गर्ने तथा बोनस शेयर जारी गरि चुक्ता पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव सहित साधारणसभा आह्वान गरेको छ ।

कम्पनीले मङ्सिर १६ गते शुक्रबार लाजिम्पाट स्थित होटेल लि हिमालयमा साधारणसभा आह्वान गरेको हो ।

त्यस्तै सभामा साधारण प्रस्ताव अन्तर्गत संचालक समितिको आ.ब. २०७८/ ०७९ को बार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ आषाढ मसान्तको वासलात तथा मिति २०७८ श्रावण १ देखि २०७९ आषाढ मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण सम्बन्धी विषयमा छलफल गरी स्वीकृत गर्ने प्रस्ताव पेश हुने छन् ।

त्यस्तै आर्थिक बर्ष २०७९ /०८० का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने र संचालक समितिको गठन गर्ने प्रस्ताव पेश हुने छन् । विशेष प्रस्तावमा बोनस शेयर जारी गरि चुक्ता पुँजी वृद्धि गर्ने र सर्बसाधारणलाई शेयर जारी गर्ने प्रस्ताव पेश हुने छन् ।