केपी ओली पुगे ठमेलको एलओडी क्लब
वि.सं.२०७९ कात्तिक २६ शनिवार १०:३६
5.71K
shares
shares

काठमाडौं, २६ असोज । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ठमेलको एलओडी क्लब पुगेका छन् । शुक्रबार राति ओली आफू नजिकका केही कार्यकर्तासहित एलओडी क्लब पुगेका हुन् ।
युवाहरु ‘मस्ती’ गर्न जाने चर्चित क्लब एलओडीमा केपी ओली पुगे पछि अहिले सामाजिक सञ्जालमा निकै चर्चा भएको छ । कतिपयले युवाहरुलाई आकर्षित गर्नका लागि ओली एलओडी पुगेको भनेका भनेका छन् । कतिपयले भने यहीँ विषयलाई लिएर जनताका घरमा जानु पर्नेमा मस्ती गर्न क्लब पुगेको भन्दै केपी ओलीको आलोचना समेत गरेका छन् ।



















