Dhulikhel Eco Banner new

एनआरएन इन्फ्रास्ट्रक्चरको नाफामा गिरावट

5.51K
shares

काठमाडौं, २९ कात्तिक । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको परिष्किृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरणअनुसार कम्पनीले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा धेरै नोक्सानी थेग्नु परेको छ ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ४५ लाख ४९ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ७६ लाख ९१ हजार रुपैयाँ नाफा कमाएको छ।

आम्दानी घटेसँगै कम्पनीको खुद नाफा पनि घट्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी १५.८४ प्रतिशत घटेको छ भने कुल खर्च १९.१८ प्रतिशत घटेको छ। त्यसैगरी, कम्पनीको सञ्चालन मुनाफा १४.८७ प्रतिशत घटेको छ।

समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ ४९ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ११५ रुपैयाँ २१ पैसा रहेको छ। १ अर्ब २२ करोड ३२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा १० करोड २३ लाख रुपैयाँ सञ्चित छ।