GBIME

साना किसान लघुवित्तले पहिलो त्रैमासमा कमायो २३ करोड २७ लाख नाफा

1.88K
shares

काठमाडौं, २९ कात्तिक । साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ४१ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवमा १६ करोड ४१ लाख नाफा कमाएकोमा चालू आवमा बढेर २३ करोड २७ लाख पुगेको हो ।

चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी ४३ प्रतिशत र सञ्चालन नाफा ४१ प्रतिशत वृद्धि भएको छ ।

नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी ५२ दशमलव ६४ रहेकोमा चालू आवमा बढेर ५९ दशमलव ५२ पुगेको हो ।

कम्पनीको चुक्तापूँजी १ अर्ब ५६ करोड रहेको छ भने जगेडामा १ अर्ब ४३ करोड,रिटेन्ड अर्निङमा १ अर्ब ३९ करोड र शेयर प्रिमियममा १ करोड ८२ लाख सञ्चित गरेको छ । चालू आवमा कम्पनीको वितरणयोग्य नाफा १४ करोड ४३ लाख रहेको छ ।

सो अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात १७ दशमलव १० गुणा,तरलता अनुपात ५ दशमलव ६६ प्रतिशत र प्रतिशेयर नेटवर्थ २८२ दशमलव २० रहेको छ ।

चालू आवमा कम्पनीले १७ अर्ब ७७ करोड सापटि लिएर, १ अर्ब ३२ करोड निक्षेप संकलन गरेको छ भने २९ अर्ब ८९ करोड भन्दा बढी कर्जा लगानी गरेको छ ।