Dhulikhel Eco Banner new

अरुण काबेली पावरको नाफा २८ प्रतिशतले घट्यो

4.26K
shares

काठमाडौं, २९ कात्तिक । अरुण काबेली पावर लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २८ प्रतिशत घटेको छ ।

कम्पनीले गत आवमा १३ करोड ५३ लाख नाफा कमाएकोमा चालू आवमा ९ करोड ७४ लाखमा सिमित भएको हो ।

चालू आवमा कम्पनीको खर्चमा वृद्धि भएकाले नाफा घटेको हो । गत आवमा कम्पनीको वित्तीय खर्च ६ करोड ३६ लाख रहेकोमा चालू आवमा बढेर ६ करोड ९९ लाख पुगेको हो ।

त्यसैगरी कम्पनीको विद्युत विक्री आम्दानी भने गत आवको तुलनामा चालू आवमा ३ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीको विद्युत विक्री बापत २६ करोड ६९ लाख आम्दानी भएकोमा चालू आवमा बढेर २७ करोड ५१ लाख पुगेको हो ।

त्यसैगरी कम्पनीको चुक्ता पूँजी १ अर्ब ८५ करोड रहेको छ भने चालू आवमा कम्पनीले जगेडामा ३० करोड ८० लाख सञ्चित गरेको छ ।

सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २१ दशमलव ०१, मूल्य आम्दानी अनुपात १८ दशमलव ०१ गुणा र प्रतिशेयर नेटवर्थ ११६ दशमलव ६१ रहेको छ ।