Dhulikhel Eco Banner new

ललितपुर क्षेत्र नं. ३ : पम्फाले जित्छिन्, अमृत र तोसिमा पछिपछि

महेन्द्र शाही, बालकृष्ण पौडेल, ममता वली र युकला पौडेल

16.85K
shares

काठमाडौं, ३० कात्तिक । संघ र प्रदेशको चुनाव आउन अब केही दिन मात्रै बाँकी रहेको छ । चुनावका विभिन मत सर्वेक्षणहरु आइरहेका छन् । यसै क्रममा केटिएम भ्वाइसले पनि ललितपुको निर्वाचन क्षेत्र नम्बर ३ का केही मतदाताहरुसँग कुरा गरेर सो क्षेत्रको मत सर्वेक्षण गरेको छ ।

मंगलबार र बुधबार २ दिन हामीले ललितपुर क्षेत्रका मतदाताहरुलाई भेटेर यो रिपोर्ट तयार पारेका छौँ । ललितपुरको क्षेत्र नम्बर ३ मा पर्ने ललितपुर महानरपालिका वडा नम्बर २३, २४ र गोदावरी नगरपालिका वडा नम्बर १४ का स्थानीयहरुसँग कुरा गरेका थियौँ । सो क्रममा भेटिएका मतदाताहरुले आगामी निर्वाचनमा फरक फरक उम्मेदवारलाई भोट हाल्ने प्रतिक्रिया दिए ।

गठबन्धनकी उम्मेदवार पम्फा भुसाल, एमालेका अमृत खड्का र रा.स्व. पार्टीकी तोसिमा कार्की

ठैवका रमेश महर्जन (नाम परिवर्तन) उमेरले २१ वर्ष लागे । उनले संसदीय निर्वाचनमा पहिलो पटक मतदान गर्दैछन् । पहिलो पटक आफ्नो मतले संसद चुनिने भएकाले आफ्नो उनी नयाँ पुस्तालाई दिने सोचमा छन् । उनले डा. तोसिमा कार्कीलाई भोट हाल्ने सुनाए ।

सोही ठाउँकै अर्का युवा भने यस पटक आफ्नो मत स्वतन्त्र उम्मेदवारालाई जाने सुनाउछन् । ‘पहिले म तोसिमालाई हाल्छु भन्ने सोचेको थिएँ, तर उहाँ त पार्टीको मान्छे हुनुहुदो रहेछ’ उनले भने, ‘पार्टीको नामको अगाडि स्वतन्त्र लेखेर मात्रै हुन्छ र ? तोसिमा नक्कली स्वतन्त्र हुनुहुन्छ ।’ तोसिमा कार्की मेडिकल काउन्सिलको बोर्ड सदस्यमा एमालेबाट उठेको विषयमा उनी जानकार रहेछन् । उनीसँगै भेटिएका अर्का युवाले थपे, ‘उनले एनएमसीमा एमालेबाट जितिन्, जितेपछि अहिले अर्कै पार्टीमा लागिन् । कसरी हाल्नु उनलाई भोट ?’

गोदावरी नगरपालिकाको दशघरेका स्थानीय एक वृद्धले आफूले नयाँ उम्मेदवारहरुलाई नचिनेकाले पुरानै पार्टीहरुलाई भोट होल्ने बताए । नयाँ उम्मेदवारहरु आफूसँग भोट माग्न समेत नआएको भन्दै आफूले पहिले देखिनै भोट हाल्दै आएको दललाई नै भोट हाल्ने उनको भनाइ थियो ।

उनीसँग हामीले कुरा गर्दै गर्दा सोही क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार रहेकी डा. तोसिमा कार्की सोही बाटो हुँदै गाडिमा गइरहेकी थिइन् । हामीले उनलाई पुन प्रश्न गरौँ उहाँलाई चिन्नु हुन्छ ? तर उनले चिन्ने प्रतिक्रिया दिए । उनी नेपाली कांग्रेसका पुराना कार्यकर्ता रहेछन् ।

कुनै समय कांग्रेसको झण्डा बोकेर हिडेका उनी यस पटक प्रतिनिधि सभामा कांग्रेसको समर्थन रहेको माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसाललाई भोट हाल्ने सोचमा रहेछन् । उनले आफू र आफ्नो परिवारले गठबन्धनकै उम्मेदवारलाई भोट हाल्ने सुनाए ।

यस्तै गोदावरी नगरपालिका वडा नम्बर १४ ठैवमा भेटिएका अर्का युवा मनोज खड्गी (नाम परिवर्तन) भने गठबन्धनका लागि भोट माग्दै हिड्ने गरेको सुनाए । ‘म विद्यार्थी हो, स्वतन्त्रको लहर भए पनि नाममात्रैका स्वतन्त्रलाई भोट हाल्न सक्दिन’ उनले सुनाए । अर्की एक अधवैसे महिलाले भने आफू पहिलेदेखि एमालेलाई भोट हाल्दै आएको सुनाइन् । उनले एमालेका अमृत खड्कालाई आफ्नो भोट जाने बताइन् ।

अर्की एक महिलाले भने गोप्य मतदान हुने भएकाले अहिले घोषणा नगर्ने बताइन् । तर उनले दलीय व्यवस्थामा दललाई नै भोट जाने बताइन् । नयाँहरुले केही भोट ल्याउन सके पनि जित्नेगरी उपस्थिति नहुने तर्क गरे । नयाँहरुको सामाजिक सञ्जालमा चर्चा हुने गरेको भए पनि वास्तविक मतदाताले भने उनीहरुलाई नचिन्ने गरेको सुनाए ।

हामीले सबै उमेर समूहका मिलाएर १ सय जनालाई यस पटक कसलाई भोट हाल्नु हुन्छ भनेर सोधेका थियौँ । हामीले गरेको सर्वेक्षणमा सहभागी भएकाहरु मध्ये सबैभन्दा बढी ३८ प्रतिशतले सत्तारुढ गठबन्धनका उम्मेदवार तथा बहालवाला मन्त्री फम्फा भुसाललाई हाल्ने बताएका छन् ।

भुसाल पछि धेरैले एमालेका उम्मेदवार अमृत खड्काको पक्षमा मत जाने बताएका छन् । खड्काको पक्षमा भाृट हाल्छौँ भन्नेमा २९ प्रतिशत देखिए । हाम्रो मत सर्वैषण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तेस्रो हुने देखिएको छन् । सर्वेक्षणमा सहभागी मध्ये २६ प्रतिशतले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा.तोसिमा कार्कीले जित्ने उत्तर दिए ।

यो क्षेत्रमा भुसाल, खड्का र कार्की बाहेक अन्यलाई भोट हाल्नु पर्छ भन्नेको संख्या ७ प्रतिशत प्राप्त भयो । उनीहरुले मन्त्री पम्फा भुसाल, डा. तोसिमा कार्की र अमृत खड्कालाई भन्दा अन्यलाई भोट दिने बताए ।

यो सर्वेक्षणले ललितपुर–३बाट पम्फा भुसाल विजयी हुने देखिएको छ । भुसाल अघिल्लो निर्वाचनमा पनि यहीँ क्षेत्रबाट २४ हजार ३६ मत ल्याएर विजयी भएकी थिइन् ।