Dhulikhel Eco Banner new

हल्का वर्षा र हिमपातको सम्भावना

4.73K
shares

काठमाडौं, १ मंसिर । पश्चिमी वायुको सामान्य प्रभावले आज बदली हुनका साथै हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । राजधानी काठमाडौँको आज बिहान सामान्य बदली रहे पनि केहीबेर अघि खुलेर पारिलो घाम लागेको छ ।

मौसमविद् भट्टराईका अनुसार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आज दिनभर बदली रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

साथै प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहनेछ । आज काठमाडौँको न्यूनतम तापक्रम नौ दशमलव आठ र अधिकतम तापक्रम २१ दशमलव पाँच डिग्री सेल्सियस छ ।