कास्की २ (१) मा राप्रपाको अग्रता
वि.सं.२०७९ मंसिर ५ सोमवार १२:५९
4.19K
shares
shares

काठमाडौं, ५ मंसिर । कास्की निर्वाचन क्षेत्र नं २ (१) मा राप्रपाले अग्रता बनाएको छ । राप्रपाका उम्मेदवार विजयबहादुर भण्डारीले छ सय ९२ मतका साथ अग्रता लिएका हुन ।
यस्तै एमालेका भीमबहादुर कार्कीले चार सय २९ मत पाएका छ भने गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका विश्वप्रकाश लामिछानेले दुई सय ७६ मत र हाम्रो नेपाली पार्टीका चेतबहादुर भण्डारीले एक सय ७० मत प्राप्त गरेका छन् ।
















