बाँके २ मा राप्रपाका धवल शम्शेर विजयी
वि.सं.२०७९ मंसिर ७ बुधवार १०:३०
6.16K
shares
shares

काठमाडौं, ७ मंसिर । बाँके–२ मा राप्रपाका महामन्त्री डा. धवलशम्शेर राणा विजयी भएका छन्। एमाले–राप्रपा गठबन्धनबाट विजयी भएका राणाले २९ हजार पाँच सय ७७ मत प्राप्त गरेका छन्।
उनका निकटतम् प्रतिद्वन्द्वी मोहम्मद इस्तियाक राईले २३ हजार पाँच सय २० मत प्राप्त गरेर दोस्रो स्थान हासिल गरेका छन्।
नेपाली कांग्रेसका सुदीपनरसिंह राणा चार हजार चार सय तीन मत ल्याएर तेस्रो भएका छन्।
नेपालगञ्ज उपमहानगरपालिकाको दुईपटक प्रमुख भएका राणालाई साझा उम्मेद्वारका रूपमा हेरिएको थियो। क्षेत्र नं २ मा ९७ हजार आठ सय तीन मतदाता रहेका थिए।

















