राधी विद्युतको हकप्रद शेयरमा आवेदन दिने म्याद थप
वि.सं.२०७९ मंसिर ७ बुधवार १०:५३
shares

काठमाडौं, ७ मंसिर । राधी विद्युत कम्पनीले लिलामीमा ल्याएको शेयरमा आवेदन दिने म्याद थप भएको छ ।
चुनावको लागि सार्वजनिक विदा परेकोले आवेदन दिने म्याद १ दिन थप गरिएको क्यापिटलले जनाएको छ । यस सँगै अब यस लिलामीको शेयरमा मङ्सिर ८ गतेसम्म आवेदन दिन सकिने छ ।
कम्पनीले कार्तिक २९ गतेदेखि हकप्रदमा अवितरित शेयर लिलाम बिक्रिको लागि खुला गरेको हो । कम्पनीले हकप्रद निष्काशन गर्दा बिक्रि नभएको सर्बसाधारण समुहको १३ लाख ५ सय २७ दशमलव ९९ कित्ता शेयर लिलाममा ल्याएको हो ।
शेयर लिलामको मुक्तिनाथ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । यस लिलामीको शेयरमा मुक्तिनाथ क्यापिटलको कार्यालय नक्सालका साथै मुक्तिनाथ विकास बैंकका शाखाहरु ठिमी भक्तपुर, कुमारीपाटी(ललितपुर, इटहरी, विराटनगर, इलाम, विर्तामोड, वीरगंज, जनकपुर, नारायणगढ, हेटौडा, पृथ्विचोक(पोखरा, बाग्लुङ्ग, बुटवल, नेपालगंज, तुल्सीपुर(दाङ्ग, सुर्खेत, धनगढी र महेन्द्रनगरबाट आवेदन दिन सकिने छ।

















