Dhulikhel Eco Banner new

सानिमा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

4.63K
shares

काठमाडौं, १८ मंसिर । सानिमा बैंकको लाभांश सुरक्षित गनआज अन्तिम म्याद रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि मङ्सिर १९ गते बुक क्लोज गरेसँगै मङ्सिर १८ गते आइतवारसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन पाउनेछन् ।

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ९८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव पारितका लागि कम्पनीले पुस ३ गते साधारण सभा बोलाएको छ । सभा आम्रपाली ब्यांक्वेट बालुवाटार काठमाडौंमा हुनेछ ।