Dhulikhel Eco Banner new

सानिमा मिडिल तमोर हाइड्रोपावरले बोलायो साधारणसभा, आईपीओको प्रस्ताव पारित गर्ने

4.6K
shares

काठमाडौं, १८ मंसिर । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले पुस १४ गते साधारणसभा गर्ने भएको छ । सभा अकामा होटल काठमाडौं महानगरपालिका–४ धुम्बाराहीमा बिहान ११ बजे शुरू गर्ने जानकारी दिइएको छ ।

सभाले कम्पनीको उद्देश्य परिमार्जन, पूँजीगत संरचना र सञ्चालक समितिको संरचना परिवर्तन गर्नका लागि कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी प्रबन्धपत्र दफा तथा नियमावलीको नियम संशोधन अभिलेखका सम्बन्धमा कम्पनीको तर्फबाट गर्नुपर्ने आवश्यक कार्यहरू गर्न गराउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

त्यस्तै सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ । सेबोनबाट स्वीकृति पाएपछि कम्पनीले आईपीओ निष्कासन गर्नेछ ।