एनआरएन इन्फ्रास्ट्रक्चरले गर्यो लाभांश घोषणा
वि.सं.२०७९ मंसिर १८ आइतवार १४:२२
shares

काठमाडौं, १८ मंसिर । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले आर्थिक वर्ष २०७७/ २०७८ को वितरण योग्य सञ्चित मुनाफामध्येबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
कम्पनीले हाल कायम चुक्ता पूँजी ५.२६ प्रतिशतका दरले ६ करोड ४३ लाख ४० हजार ९३४ रुपैयाँ ४२ पैसा बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
मंसिर १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
आगामी वार्षिक साधारण सभाबाट पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।















