Dhulikhel Eco Banner new

चार महिनामा साढे ४ करोडको तास आयात

4.03K
shares

काठमाडौं, १८ मंसिर । नेपालमा पछिल्लो समय तासको आयातमा प्रतिबन्ध लगाइएको छ । प्रतिबन्ध लगाएको अवस्थामा पनि तासको आयातमा भने कमी नआएको देखिएको छ । चालु आर्थिक वर्षको ४ महिनामा साढे ४ करोडको तास आयात भएको तथ्यांकले देखाएको हो ।

विदेशी मुद्राको सञ्चिति कम भएको भन्दै सरकारले विभिन्न २० वटा वस्तुको आयातमा प्रतिबन्ध लगायो । राष्ट्र बैंकले बिलासिताको वस्तुको रुपमा आयात भइरहेको खेल्ने तासमा शत प्रतिशत मार्जिनको व्यवस्था गरेको थियो । मार्जिनको व्यवस्थाले अपेक्षाअनुसार आयात नघटेपछि सरकारले वैशाख १३ गते राजपत्र प्रकाशित गर्दै आयातमा प्रतिबन्ध लगाएको थियो ।

सरकारले विलासिताको वस्तुमा समावेश गरी प्रतिबन्ध गरेको तासको आयात भने रोकिएको देखिँदैन । सरकारी तथ्यांक अनुसार चालु आर्थिक वर्षको चार महिनाको अवधिमा ४ करोड ५६ लाख २६ हजार रुपैयाँको तास आयात भएको छ ।

यो अवधिमा २२ लाख ९६ हजार ५६१ पिस तास आयात भएको सरकारी तथ्यांकले देखाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा केही कमी भने हो । गत आर्थिक वर्षमा भने नेपालले १३ करोड ७२ लाख ४ हजार रुपैयाँको तास आयात गरेको थियो ।