Dhulikhel Eco Banner new

आजको मौसम कहाँ कस्तो ?

3.94K
shares

काठमाडौं, १८ मंसिर । जल तथा मौसम विज्ञान विभागका अनुसार देशका पहाडी भू – भागका एक दुई स्थानमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती  बागमती प्रदेश, मधेश प्रदेश लगायत लुम्बिनी प्रदेश,  प्रदेश र प्रदेश १ का पहाडी भू–भागका थोरै स्थानहरुमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।