व्यवसायीले गर्न सक्छन् देशको नेतृत्व !
विश्वका उदाहरणले भन्छ– निजी क्षेत्रको अनुभव राजनीतिमा लगाउन सकिन्छ
वि.सं.२०८० असार २२ शुक्रवार १०:५०
shares

काठमाडौं, २२ मंसिर । नेपालमा गणतन्त्रको स्थापना पछि माओवादी पार्टी चम्कियो । मधेस आन्दोलन पछि मधेसवादी दलहरु जन्मिए । हालसालैको कुरा गर्ने हो भने पनि राष्ट्रिय स्वतन्त्र पार्टीमा आकर्षण देखियो । यी घटनाक्रमहरुले के देखाइरहेको छ भने राजनीतिक नेतृत्व लिने मान्छेहरुप्रति जनता सन्तुष्ट छैनन् । राजनीतिलाई ‘गरिखाने भाडो’ को रुपमा नेताहरुले प्रयोग गर्दा पनि जनतामा राजनीति प्रति वितृष्णा छ ।
प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न पश्चात यतिबेला सरकार कसले बनाउने र सरकारमा कसलाई पठाउने ? यस विषयमा अहिले सबैको चासो छ । सरकार केही दल मिलेर बनाउछन् । अनि ति दलबाट बन्ने मन्त्री चाहिँ कस्तो हुनुपर्छ ? यो पनि महत्वपूर्ण चासोको विषय हो । किनकी, सरकारमा गएकाहरुले राम्रो काम गरे उनको पार्टी, देश र जनता सबैलाई फाइदा छ । मन्त्री बनेकाहरु जनमूखी काम भन्दा पनि भ्रष्टाचारमा रुमलिदा पार्टीकै बद्नाम हुन्छ भने देश र जनतामाथि अन्याय हुन्छ ।
यसकारण पनि सरकारमा जाने व्यक्ति राम्रोसँग बुझेको हुनुपर्छ । अहिले धेरै निजी क्षेत्रका व्यक्तिहरु सांसदमा निर्वाचित भएका छन् । निर्वाचित भएका मध्ये निजी क्षेत्रमा पनि अव्वल भएका केहीलाई मन्त्रालयको जिम्बेवारी दिने हो भने यसले मुलुकको हित पक्कै गर्छ । ‘सबै व्यक्तिहरु सरकारको नेतृत्व गर्न उत्तम हुन्छन् भन्ने त हुँदैन, स्वार्थ बाझिने खतरा पनि हुनसक्ला’ अर्थविद् ज्ञानेन्द्र अधिकारी भन्छन्, ‘तर साच्चिकै निजी क्षेत्रमा अव्वल व्यक्तिलाई निस्वार्थ काम गर्न दिने हो भने मुलुकको मुहार फेरिन्छ ।’
हामीले विश्वका धेरै देशहरुको उदाहरण हेर्न सक्छौँ । जहाँ निजी क्षेत्रमा सफल व्यक्तिलाई देश हाक्ने जिम्मा दिइएको छ त्यहाँ राम्रै भएको छ । विश्वका धेरै अर्बपतिहरु राजनीतिमा होमिए । उनीहरुले निजी क्षेत्रमा सिकेको अनुभवलाई राजनीतिमा मिसाए । विश्वका केही उद्यमीहरू छन्, जसको राजनीतिसँग व्यापार मिश्रणले देशलाई राम्रै असर गरेका छ । त्यस मध्ये विश्वका केही उदाहरणहरु हेरौँ :
डोनाल्ड ट्रम्प
डोनाल्ड ट्रम्प भन्ने वित्तिकै हामी सबैले चिनिहाल्यौँ, उनी अमेरिकाका पूर्व राष्ट्रपति हुन् । ट्रम्प पूर्व राष्ट्रपति हुन् भन्ने त हामी सबैलाई थाहाँ छ, तर उनी राजनीतिमा आउनु पूर्व के गर्थे भन्ने विषयमा भने धेरैलाई जानकारी नहुन सक्छ । ट्रम्प खर्बपति व्यापारी हुन् । उनको पेशा व्यवसाय हो । होटल, क्यासिनो तथा घरजग्गा व्यवसायमा उनको ठूलो लगानी रहेको छ ।
ट्रम्प एक सफल व्यवसायि थिए । सन् २०१७ देखि २०२१ सम्म ट्रम्म अमेरिकाको राष्ट्रपति बने । उनको पारिवारिक पृष्ठभूमी नै व्यवसाय हो । उनका बुवा रियल स्टेट व्यवसायमा थिए । बुवाको कम्पनी ‘ट्रम्प म्यानेजमेन्ट’ को सम्पूर्ण जिम्बेवारी लिएर उनी व्यवसायमा रमाए । बुवाले स्थापना गरेको कम्पनी ‘ट्रम्प म्यानेजमेन्ट’ लाई उनले पछि नाम फेरेर ट्रम्प अर्गनाइजेशन बनाएका थिए । उनको व्यवसाय अहिले पनि राम्रै चलिरहेको छ । ट्रम्पको यात्रालाई विश्वका धेरैले निजी क्षेत्रको बुद्धिलाई सरकारको सफलताको रुपमा ब्याख्या गरेका छन् ।
भनिन्छ, कुनै पनि देशमा व्यापार र राजनीतिमा फेसन वा समाचारको अन्त्य हुँदैन । जब हामी दुईलाई मिलाउँछौं, यो एक संयोजन बन्छ, अर्थात केहि गर्न सक्षम । अर्बपतिको लडाई अमेरिकामा मात्रै नभएर विश्वभरि नै चलेको छ ।
साद एडिन रफिक अल हरिरी
साद एडिन रफिक अल हरिरी एक धेरै शक्तिशाली व्यवसायी हुन् । उनी सन् २००५ मा मारिएका लेबनानका पूर्व प्रधानमन्त्री रफिक हरिरीका छोरा पनि हुन् । उनका बुवा रफिक पनि पहिले व्यवसाय र पछि राजनीतिमा लागेका थिए ।
साउदी ओगर लिमिटेडको सीईओ र अध्यक्ष रहेका साद एडिन रफिक अल हरिरी सन् २००९ देखि २०११ सम्म लेबनानको प्रधानमन्त्रीको रूपमा काम गरे । साउदी अरेबियामा सबैभन्दा ठूला निर्माण कम्पनीहरूको नेतृत्व गर्दै उनी राजनीतिमा होमिएका थिए । खर्बपति साद एडिन रफिक अल हरिरी व्यवसाय राजनीति दुबैमा अव्वल व्यक्तिको रुपमा चिचिन्छन् ।
सिल्भियो बर्लुस्कोनी
सिल्भियो बर्लुस्कोनी इटालिएन पूर्व प्रधानमन्त्री हुन् । उनी व्यवसाय र राजनीति दुबैमा सफल भए । घरजग्गा र निर्माण व्यवसायमा अव्वल सिल्भियो बर्लुस्कोनी व्यवसाय पछि राजनीतिमा होमिए । १५० भन्दा धेरै कम्पनीहरुको मालिक रहेका उनले व्यवसाय जुन रफ्तारमा अघि बढाए राजनीति पनि उनको रफ्तारमा अघि बढ्यो ।
सन् १९९४ मा पनि सिल्भियो बर्लुस्कोनी पहिलो पटक इटलीको प्रधानमन्त्री बनेका थिए । उनी पुनः सन् २००१ मा दोस्रो कार्यकालका लागि इटलीको प्रधानमन्त्री चयन भए । प्रधानमन्त्रीको यात्रा सिल्भियो बर्लुस्कोनीका लागि यतिमै सिमित रहेन, उनी सन् २००६ मा पुनः प्रधानमन्त्री बने । उनले व्यवसायमा जस्तै राजनीतिमा पनि आफ्नो क्षमता देखाए ।
अर्नोल्ड श्वार्जनेगर
अर्नोल्ड श्वार्जनेगर २० वषकै उमेरमा व्यवसायमा चम्किएका व्यवसायी हुन् । कुनै बेलाका अमेरिकाका चर्चित व्यवसायी अर्नोल्ड अभिनय र मोडलिङमा समेत पोख्त थिए । उनले आफ्नो शोखलाई पुरा गर्दै व्यवसायमा लागे । व्यवसायमा सफल भएसँगै राजनीतिमा लागे ।
उनको व्यवसाकि यात्रा घरजग्गबाटै सुरु भएको थियो । रियलस्टेट व्यवसायलाई विस्तार गर्दै उनी राजनीतिमा होमिए । अर्नोल्ड क्यालिफोर्नियाको ३८ औँ गभर्नर (राज्य सरकार प्रमुख) भए । उनको कार्यकालमा क्यालिफोर्नियाको विकासले राम्रै फड्को मारेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।
माइकल ब्लूमबर्ग
विश्व व्यापार जगतमा एक चर्चित नाम माइकल ब्लूमबर्ग हो । वाल स्ट्रिटमा सुरु भएको उनको व्यवसाय सफल भयो । उनले बैंकिङ क्षेत्रमा पनि राम्रै लगानी गरे । अन्तर्राष्र्टिय समाचार एजेन्सीहरुका अनुसार उनले आफ्नो लगानीलाई एक क्षेत्रमात्रै सीमिति गरेनन्, लगानी विस्तार गर्दै अघि बढे । उनले सन् १९८१ मा फाइनान्सीयल नोटिस र ब्लुबर्ग एलपी नामक मिडिया सञ्चालन गरे ।
सार्वजनिक सेवाको लागि ब्लूमबर्गको खोजले उनलाई राजनीतिमा होमिन प्रेरित गर्यो । उनी न्यूयोर्कको मेयरको रूपमा तीन कार्यकाल सफल नेतृत्व गरे । उनी एक परोपकारी पनि व्यक्तिका रुपमा चिनिन्छन्, जसले जलवायु परिवर्तन, जनस्वास्थ्य आदि जस्ता कारणहरूमा ठूलो योगदान गरेका छन् ।
वारेन जी हार्डिङ
वारेन जी हार्डिङलाई संयुक्त राज्य अमेरिकाका पूर्व राष्ट्रपति हुन् । उनी लामो समय व्यवसायमा रहे । व्यवसायमा पाएको लामो सफलता पछि उनी राजनीतिमा होमिए र अमेरिका जस्तो देशको राष्ट्रपति बन्ने अवसर पाए ।


















