Dhulikhel Eco Banner new

चिलिमे जलविद्युतले बोलायो साधारणसभा, लाभांश पारित गर्ने

5.36K
shares

काठमाडौं, २३ मंसिर । चिलिमे जलविद्युत कम्पनीले २६औं वार्षिक साधारणसभा पुस २२ गते गर्ने भएको छ ।

सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा बिहान ११ बजे गर्ने जानकारी दिएको हो । सभाले ७ दशमलव ५ प्रतिशत बोनस शेयर र ७ दशमलव ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी सभाले आव २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७९/८० को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस ३ गते बुक क्लोज गरेको छ । यस आधारमा मंसिर २९ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।