फिफा विश्वकप : आजदेखि क्वाटरफाइका खेल सुरु हुँदै, पहिलो खेलमा ब्राजिल र क्रोएशिया भिड्दै
वि.सं.२०७९ मंसिर २३ शुक्रवार ११:३४
shares

काठमाडों, २३ मंसिर । कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलका खेल आजदेखि सुरु हुँदैछन् । अन्तिम १६ का खेलपछि दुई दिन क्वाटरफाइनलका खेल सुरु हुन लागेका हुन् ।
यो पटकको विश्वकपमा साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया, ब्राजिल, अर्जेन्टिना, इंग्ल्यान्ड, नेदरल्यान्ड्स, मोरक्को र पोर्चुगल अन्तिम आठमा पुगेका पुगेका छन् । यी ८ टोलिबाट चार टोलि सेमिफाइनमा पुग्ने छन् ।
क्वाटरफाइनल अन्तर्गत आज राति दुई खेल हुँदैछन् । आजको पहिलो खेलमा विश्वकपको सर्वाधिक सफल टोलि ब्राजिल र साविक उपविजेता टोलि क्रोएसिया भिड्दैछन् । यी दुई टोलि बीचको खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुने छ । त्यस्तै राति पौने १ बजे हुने खेलमा नेदरल्याण्ड र अर्जेन्टिना एक आपसमा भिड्ने छन् । यी दुई क्वाटरफाइनलका विजेताले फाइन प्रवेशका लागि एक अर्कासँग खेल्नु पर्ने छ ।
यो पटकको विश्वकपमा उपाधिको दावेदार मानिएको ब्राजिल विश्वकपमा सर्वाधिक सफल टोलि हो । उसले पाँच पटक विश्वकपको उपाधि उचालेको छ ।


















