नबिल बैंकको ३ लाख कित्ता संस्थापक शेयर लिलामीमा
वि.सं.२०७९ मंसिर २७ मंगलवार ११:१६
shares

काठमाडौं, २७ मंसिर । नबिल बैंकले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले ३ लाख २ हजार ५४५ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो ।
बैंकले हिमालयन क्यापिटल मार्केट्स एण्ड ईन्भेष्टमेण्ट प्रा.लिको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी लिलामीमा ल्याएको हो ।
यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय दरबारमार्ग, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरुमा यो शेयर विक्री गरिने जानकारी बैंकले दिएको छ ।















