Dhulikhel Eco Banner new

विजय र सारथी लघुवित्तले गरे मर्जरको सम्झौता

4.84K
shares

काठमाडौं, २७ मंसिर । विजय लघुवित्त वित्तीय संस्था र नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जरको सम्झौता गरेका छन् ।

यी दुई कम्पनीबीच मंसिर २६ गते साँझ मर्जरसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो । कम्पनीहरूले नेप्सेलाई पत्राचार गर्दै आगामी साधारणसभा नभएसम्मका लागि शेयर कारोबार रोक्का गर्न आग्रह गरेको छ ।

तर, पछिल्लो समय मर्जर तथा प्राप्ति प्रयोजनका लागि एकीकृत कारोबार गरेपछि बढीमा १५ दिन मात्र शेयर कारोबार रोक्का राख्ने व्यवस्था रहेकाले कम्पनीको शेयर कारोबार रोक्का हुने छैन ।