Dhulikhel Eco Banner new

४० लाख संस्थापक शेयर बिक्री गर्दै प्रभु बैंक

4.19K
shares

काठमाडौं, २७ मंसिर । प्रभु बैंकले ४० लाख संस्थापक शेयर बिक्री गर्ने भएको छ ।

बैंकका संस्थापक शेयरधनीहरुले उक्त शेयर बिक्री गर्न चाहे पछि बैंकले सार्वजनिक सूचना आह्वान गर्दै मंसिर २८ गतेदेखि पुस १३ गतेसम्म बिक्री खुला गर्ने भएको हो ।

उक्त शेयरमा आवेदन दिन चाहनेले न्युनतम १२६ रुपैयाँदेखि बोलकबोल गर्नु पर्ने पर्छ । बैंकले यस भन्दा अगाडी विद्यमान संस्थापकहरु समक्ष ३५ दिनको म्याद दिएर खरिदका लागि आह्वान गरेको थियो ।

तर माग बमोजिको आवेदन नपरे पछि संस्थापक बाहिरकै लगानीकर्ताका लागि पनि बिक्री गर्ने भएको छ ।

आवेदकले न्युनतम १० हजार कित्ताको लागि आवेदन दिनु पर्नेछ । बिक्री प्रवन्धकमा प्रभु क्यापिटल रहेको छ । आवेदकले क्यापिटलको कार्यालय कमलादीमा पेश गर्न सक्ने छन् ।