Dhulikhel Eco Banner new

नियम विपरित लिएको रकम फिर्ता गर्दै २५ वाणिज्य बैंक, कुन बैंकको कति ?

5.75K
shares

काठमाडौं, १५ पुस । २५ वाणिज्य बैंकहरुले नियम विपरित लिएको साढे ४ अर्ब रुपैयाँ बढी प्रिमियम र ब्याज रकम फिर्ता गर्ने भएका छन् । राष्ट्र बैंकले नियम विपरित लिएको रकम फिर्ता गर्न निर्देशन दिएपछि उक्त रकम फिर्ता गर्ने प्रतिबद्धता जनाएका हुन् ।

कृषि विकास बैंक बाहेकका २५ वाणिज्य बैंकले मात्रै ग्राहकबाट नियम विपरित असुल गरेको रकम ४ अर्ब ६६ करोड रुपैयाँभन्दा बढी रहेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ ।

यो सूचीको पहिलो स्थानमा एनआईसी एशिया बैंक रहेको छ । उसले ४८ करोड रुपैयाँ फिर्ता गर्ने प्रतिबद्धता जनाएको छ ।

दोस्रो स्थानमा रहेको नबिल बैंकले ४७ करोड र तेस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकले ४५ करोड रुपैयाँ फिर्ता गर्ने प्रतिवद्धता जनाएका छन् । सबैभन्दा कम स्ट्याण्डर्ड चार्टड बैंकको ४० लाख रुपैयाँ मात्रै रकम फिर्ता गर्नुपर्ने देखिएको छ ।