Dhulikhel Eco Banner new

सन नेपाल लाइफको अभिकर्ता अभिमुखीकरण कार्यक्रम सम्पन्न

4.97K
shares

काठमाडौं, १७ पुस । सन नेपाल लाइफ इन्स्योरेन्सले पुस १३ देखि १६ सम्म मेचि र कोशी अन्चलका बिर्तामोड इलाम बिराटनगर इटहरी र धरान शाखा कार्यालयहरुमा अभिकर्ता सम्मान तथा बीमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

जनमानसमा बिमाको महत्व, बीमा दावी भुक्तानी लगाएतका महत्वपूर्ण प्रशिक्षण कम्पनीका महाप्रबन्धक कमलराज गौतमद्धारा प्रदान गरीएको थियो साथै उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान समेत गरिएको थियो ।

देशैभर उत्कृष्ट शाखा सञ्जालबाट बीमा सेवा प्रदान गर्दे आएको यस कम्पनीले निकट भविष्यमा नै सर्बसाधारणलाई साधारण शेयर निष्काशन समेत गर्न गइरहेको छ ।