पिपुल्स इन्भेष्टमेन्ट कम्पनीको हकप्रद शेयरमा आवेदन दिने समय थप
वि.सं.२०७९ पुस २१ बिहीवार १०:३९
5.64K
shares
shares

काठमाडौं, २१ पुस । पिपुल्स इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले कात्तिक १६ गतेदेखि विक्रीमा ल्याएको ३० प्रतिशत हकप्रद शेयर खरीद गर्ने अवधि थप गरेको छ ।
कम्पनीले कात्तिक १४ गतेसम्म कायम साविक संस्थापक शेयरधनीहरूका लागि १० बराबर ३ को अनुपातमा हकप्रद शेयर निष्कासन गरेको हो । यस अघि पुस २० गतेसम्मको मिति तय गरिएकोमा एक महिना अवधि थप गरी माघ २० गतेसम्म कायम गरिएको छ ।
पुस १९ गतेको कम्पनीको संचालक समितिको बैठकले हकप्रद शेयरको आवेदन अवधि थप गर्ने निणर्य गरेको हो ।















