लक्ष्मी र सनराइज बैंकले गरे मर्जर सम्झौता
वि.सं.२०७९ पुस २५ सोमवार १८:०४
shares

काठमाडौं, २५ पुस । सनराइज बैंक र लक्ष्मी बैंक एक आपसमा मर्जर सम्झौता गरेका छन् । दुबै बैंकहरुले मर्जरमा जानका लागि आज मर्जर सम्झौता गरेका हुन्।
सम्झौतामा लक्ष्मी बैंकको तर्फबाट अध्यक्ष रमण नेपाल तथा सनराइज बैंकको तर्फबाट अध्यक्ष मोतीलाल दुगडले हस्ताक्षर गरेका छन् ।
दुई बैंकबीच डिडिए अनुसार स्वाप रेसियो कायम गर्ने सहमति भएको छ । लक्ष्मी बैंकका एक संचालकले १:१ को स्वापमा सहमति भएको समाचार बाहिर आएपनि त्यसमा सत्यता नरहेको बताए
मर्जर पछि बैंकको नाम लक्ष्मी सनराइज हुने सहमति जुटेको छ । मर्जर पछि बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मालाई बनाउने प्रारम्भिक सहमति जुटेको छ । यद्यपि, फाइनल निर्णय भने भइसकेको छैन । ‘नाम र स्वाप रेसियोमा कुरा मिलेको छ, अरुमा नमिल्ने भन्ने कुरै हुँदैन’ श्रोतले भन्यो, ‘अध्यक्ष र सीईओको विषय आज टुंगिन्छ ।’
















