Dhulikhel Eco Banner new

बैंकर्स संघको अध्यक्षमा सुनिल केसी निर्विरोध

11.74K
shares

काठमाडौं, २७ पुस । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था नेपाल बैंकर्स संघको अध्यक्षमा सुनिल केसी निर्विरोध निर्वाचित भएका छन् । बुधबार सम्पन्न साधारणसभाबाट कार्यबाहक अध्यक्ष रहेका केसीलाई निर्विरोध निर्वाचित गरेको हो ।

तत्कालिन अध्यक्ष अनिल उपाध्याय कृषि विकास बैंकबाट बाहिरिएसँगै उपाध्यक्ष रहेका केसीले कार्यबाहक अध्यक्षको जिम्बेवारी पाएका थिए । संघको अधिवेशन आउन अझै एक वर्ष बाँकी रहेकाले बुधबार नेतृत्व चुन्न विशेष साधारणसभा आयोजना गरिएको थियो ।

एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत रहेका केसी पुराना र स्वच्छ छवी भएका बैंकर हुन् । अनुभवी र बौद्धिक बैंकरको परिचय बनाएका केसी अन्य बैंकरहरुले पनि धेरै रुचाउने पात्र हुन् ।