GBIME

सुनको मूल्य २ सयले बढ्यो, कतिमा हुदैछ आजको कारोबार ?

906
shares

काठमाडौं, २८ पुस । स्थानीय बजारमा सुनको मूल्य बिहीवार (आज) २०० रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आज सुन तोलाको १ लाख ३ हजार ४०० रुपैयाँ कायम भएको छ ।

गत बुधवार सुनको मूल्य प्रतितोला १ लाख ३ हजार २०० रुपैयाँमा कारोवार भएको थियो ।
आज चाँदीको मूल्य भने घटेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले घटेर १ हजार ३६० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी १ हजार ३६५ रुपैयाँमा कारोबार भएको थियो ।