Dhulikhel Eco Banner new

शेयर बजारमा भारी गिरावट, आज ४१ अंकले घट्यो

5.58K
shares

काठमाडौं, २८ पुस । साताको पाँचौ कारोबारको दिन नेप्से परिसुचक ४१ अंकले घटेको छ । केही हप्तादेखि लगातार बढिरहेको शेयर बजारमा आज भने गिरावट आएको हो ।

बिहिबार नेप्से परिसुचक १ दशमलव ८७ प्रतिशतले घटेर २१४९ दशमलव ४१ को विन्दुमा पुगेको हो ।

नेप्से परिसुचकसंगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव ८९ अंकले ओरालो लागेको छ ।

आज भएका ८३ हजार १ सय १३ कारोबारबाट २५२ कम्पनीका १ करोड ४४ लाख ८२ हजार ९ सय ५९ पुगेको छ ।

जसबाट आज भएको सम्पूर्ण कारोबार रकम ५ अर्ब ४७ करोड ७६ लाख २४ हजार ७ सय २४ पुगेको छ । यो सातमा भएका कारोबारमध्ये सबैभन्दा धेरै गिरावट आज आएको हो ।