GBIME

लाभांश पारित गर्न गुहेश्वरी मर्चेन्टले बोलायो साधारणसभा

840
shares

काठमाडौं, ३ माघ । गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्स लिमिटेडले माघ २७ गते साधारणसभा गर्ने भएको छ ।

सभा गुहेश्वरी भवन हरिहर भवन, ललितपुरमा बिहान १० बजे शुरू हुने कम्पनीले जानकारी दिएको छ ।

सभाले ६ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि माघ २० गते बुक क्लोज गर्ने जानकारी कम्पनीले दिएको छ । यस बुक क्लोजको आधारमा माघ १९ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

माघ २ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।