GBIME

नेप्से परिसुचक ३२ अंकले बढ्यो, ३ अर्ब माथिको कारोबार

1.13K
shares

काठमाडौं, ३ माघ । साताको तेस्रो दिन आज शेयर बजार उकालो लागेको छ । आज शेयर ३२ दशमलव ७२ प्रतिशतले बढ्दा २१८२ दशमलव ११ को विन्दुमा कायम भएको छ ।

आज कुल ३ अर्ब ७२ करोड ४७ लाख ९५ हजार रुपैयाँको शेयर कारोबार भएको छ । जसमध्ये १६९ कम्पनीको शेयर मूल्य बृद्धि भएको छ भने ६ कम्पनीको शेयरमा गिरावट आएको छ ।

आज शेयर बजार बढ्दा सबैभन्दा धेरै अपि पावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीले कुल २३ करोड २६ लाख रुपैयाँको शेयर कारोबार गरेको छ ।

यसैगरी अप्पर तामाकोशि हाइड्रोपावरले ११ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार गरेको छ भने न्यादि ग्रुप पावरले १० करोड ४८ लाख रुपैयाँको शेयर कारोबार गरेको छ । साथै रिडिपावर कम्पनीले ९ करोड ४० लाख रुपैयाँको शेयर कारोबार गरेको छ ।