GBIME

७ सयले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

1.27K
shares

काठमाडौँ, ६ माघ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५ हजार २ सय पुगेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ४ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला  ७ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ७ सय छ ।

यसको मूल्य अघिल्लो दिन १ लाख ४ हजार थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु २० ले बढेर १ हजार ३ सय ७५ पुगेको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।