Dhulikhel Eco Banner new

लघुवित्त बैकर्स संघले गर्यो वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम

5.19K
shares

काठमाडौं, १३ माघ । नेपाल लघुबित्त बैकर्स संघले बिभिन्न लघुवित्त संस्थाहरुको सहयोगमा देशका७७वटै जिल्लामा बित्तीय सारक्षता कार्यक्रम सम्पन्न गरेको छ ।

माघ १२ गते धादिङको धादिङबेशीमा बिभिन्न लघुबित्त संस्थाहरुमा आबद्ध करिब ३०० जना दिदीबहिनीहरुको उपस्थितीमा धादिङमा रहेको क्रिक रिसोर्टमा बित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रमलघुबित्त बैकर्स संघका महासचिव रामबहादुर यादवको सभापतित्व तथा धादिङ क्षेत्र नं. २ का संघिय सासंद रामनाथ अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि रामनाथ अधिकारीले लघुबित्त संस्थाहरुले महिला दिदी बहिनीहरुलाई परनिर्भरताबाट छुटकारा दिएको र  महिला दिदी बहिनीहरुलाई समुहमा आबद्ध गराई कार्यक्रम सन्चालन गर्ने भएकाले यसको उदेश्य राम्रो भएको बताए ।

साथै उनले कर्जा लिई सके पछि तिर्नै पर्ने र कुनै पनि सरकार बा निकायले मिनाहा गर्न नसक्ने ब्यहोरा स्पष्ट पारेका थिए ।

यसै गरि उक्त कार्यक्रममा आफनो बिचार राख्दै नेपाल लघुवित्त बैकर्स संघको तर्फबाट महासचिव रामबहादुर यादबले लघुबित्तको उदेश्य पबित्र रहेको र कहिकतै सुधार गर्नुपर्ने भएछलफल गरि सुधार गर्न तयार रहेको बताए ।

साथै देशको अर्थतन्त्रमाठुलो योगदानदिएको लघुबित्त क्षेत्रलाई सबै मिलेर अगाडी बढाउनु पर्ने आबश्यकता रहेको र लघुबित्तका माध्यमले उद्यमशिलता बिकास गरि बिदेशमा रहेका दाजुभाईलाई पनि रोजगारीको अबसर प्रदान गरि नेपाल भित्राउनु पर्ने भन्ने बिषयमा जोड दिए ।

उक्त कार्यक्रममाबित्तिय साक्षरताअन्तर्गत कर्जाको सहि सदुपयोगीतातथाब्यबस्थापन, हुबैकिङाट परेको असर र सोको उपाय, लघु उद्यमबिकास तालिम, ग्राहकको जेहेन्दार बच्चालाई छात्रबृतिप्रदान, उत्पादन बृद्धिका लागी प्राबिधिक सहयोग तथा बजार ब्यबस्थापन, समुहलाई सुदृढ बनाउनु पर्ने, कर्जा अनुशासन, सामाजिक कृयाकलाप, ग्राहकको हकहितका लागी थप सेबा सुबिधाकालागी सुझाब सल्लाह र समग्र रुपमालघुबित्त क्षेत्रलाई आर्थिक तथा सामाजिक रुपान्तरणका लागी सुदृढ बनाउनु पर्ने बिषयमा छलफल भएको थियो ।