कालिका लघुवित्तको संस्थापक शेयर बिक्रीमा
वि.सं.२०७९ माघ १३ शुक्रवार ११:२९
shares

काठमाडौं, १३ माघ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले ६ हजार ८२० कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
उक्त शेयर खरिद गर्न ईच्छुक संस्थापक शेयरधनीहरुले सूचना जारी भएको मितिले ३५ दिनभित्र यस संस्थाको केन्द्रिय कार्यालय पोखरा कास्कीमा लिखित जानकारी गराउन अनुरोध गरेको छ ।
तोकिएको समयअवधिभित्र संस्थापकहरुबाट शेयर खरिदका लागि कुनै जानकारी नआएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३, नेपाल राष्ट्र बैंकको एकिकृत निर्देशन तथा अन्य प्रचलित कानून बमोजिम शेयर बिक्रि प्रकृया अगाडी बढाउने कम्पनीले जनाएको छ ।















