नागरिकता लिए लगत्तै रवि लामिछाने बने रास्वपाको पुनः सभापति
वि.सं.२०७९ माघ १५ आइतवार १७:५६
shares

काठमाडौं, १५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी नेपालले पार्टी सभापतिको जिम्मेवारी पुनः रवि लामिछानेलाई दिएको छ ।
आज लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि बसेको रास्वपाको केन्द्रीय समिति बैठकले उनलाई पुनः सभापतिको जिम्मेवारी दिएको पार्टी स्रोतले बताएको छ ।
रविले आइतवार नै जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा पुगेर नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए ।
रविले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्दै गत शुक्रवार सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरेको थियो । यससँगै उनी रास्वपाको सभापतिबाट पदमुक्त भएका थिए । यस्तै, उनले उपप्रधान तथा गृहमन्त्री पदबाट पनि राजीनामा दिएका थिए ।
उनी सभापतिबाट पदमुक्त भएपछि पार्टीले डोरप्रसाद अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको थियो ।
















