Mangaldeep Aagarbatti
GBIME

नेपाल लाइफ इन्स्योरेन्सको नाफामा उल्लेखीय सुधार

1.05K
shares

काठमाडौं, २२ माघ । नेपाल लाइफ इन्स्योरेन्सको नाफामा उल्लेखिय सुधार गरेको छ । कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा विवरण अनुसार इन्स्योरेन्सको नाफा आर्थिक वर्षको सोही अवधिको तुलनामा २३७ प्रतिशतले बढी हो ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा इन्स्योरेन्सले ४४ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३७.२९ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले १३ करोड ४ लाख रुपैयाँ नाफा कमाएको थियो ।

त्यसैगरी, सो अवधिसम्ममा इन्स्योरेन्सले १८ अर्ब ४० करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.६० प्रतिशत बढी हो ।

नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी ७ रुपैयाँ १० पैसा बढेर १० रुपैयाँ ७३ पैसा पुगेको छ । सो अवधिसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ६८.४४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११६ रुपैयाँ १ पैसा रहेको छ ।

समीक्षा अवधिमा इन्स्योरेन्सको चुक्ता पूँजी १४ प्रतिशत बढेको छ भने जगेडा कोष ७२.५९ प्रतिशत घटेको छ। त्यस्तै, इन्स्योरेन्सको जीवन बीमा कोष २०.८४ प्रतिशत र महाविपत्ती कोष १५.८२ प्रतिशत बढेको छ ।

National life Banner
Dhulikhel Eco Resort 1200*100