Dhulikhel Eco Banner new

विकास बैंकहरुले फागुनमा ब्याजदर घटाउने

5.95K
shares

काठमाडौं, २७ माघ । विकास बैंकहरुले निक्षेपतर्फको ब्याजदर घटाउने भएका छन् । विकास बैंकहरुको छाता संस्था डेभलपमेन्ट बैंकर्स एसोसिएसन (डिबान)को आज बसेको बैठकले फागुनका लागि ब्याजदर घटाउने निर्णय गरेको हो ।

डिबानका अध्यक्ष प्रद्युमन पोखरेलले माघ महिनामा कायम ब्याजदरमा फागुनमा ०.२५ प्रतिशत विन्दुले निक्षेप तर्फको ब्याजदर घटाउने निर्णय गरेको बताए ।

हाल विकास बैंकहरुले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ अधिकतमा १२ प्रतिशत, संस्थागतर्फ १० र रेमिट्यान्समा १३ प्रतिशत ब्याजदर दिँदै आएका थिए ।

तरलता सहज बन्दै गएको अवस्थालाई मध्येनजर गर्दै विकास बैंकका सीइओहरुको बैठकले ब्याजदर घटाएका हुन् ।