सिभिल बैंकको शेयर कारोबार रोक्का
वि.सं.२०७९ फागुन ४ बिहीवार ११:२३
shares

काठमाडौं, ४ फागुन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सिभिल बैंक लिमिटेडको शेयर कारोबार रोक्का गरिदिएको छ ।
सिभिल बैंकलाई हिमालयन बैंकले प्राप्ती गरी फागुन १२ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएसँगै नेप्सेले बैंकको शेयर कारोबार रोक्का गरिदिएको हो ।
सिभिल र हिमालयन बैंक एकआपसमा गाभ्ने र गाभिने तथा प्राप्ति सम्बन्धि निर्देशिका बमोजिम एकीकृत कारोबार पछि कम्पनीको शेयर मिलान, धितोपत्र पुन दर्ता, धितोपत्रको अभौतिकरण तथा सूचीकरण प्रयोजनका लागि फागुन १४ गतेदेखि १५ कार्य दिन अर्थात् चैत २ गते सम्मको लागि शेयर कारोबार रोक्का राखिदिन सिभिल बैंकले नेप्से समक्ष अनुरोध गरेको छ ।

















