छिमेक लघुवित्तको साधारणसभा चैत १० गते, के-के छन् एजेण्डा ?
वि.सं.२०७९ फागुन ११ बिहीवार ११:२१
shares

काठमाडौं, ११ फागुन । छिमेक लघुवित्तले चैत १० गते साधारणसभा गर्ने भएको छ । कम्पनीले साधारणसभा हेटौडाको होटेल सामनामा गर्ने भएको हो ।
सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट २२ प्रतिशत बोनस शेयर र ३.२६ प्रतिशत नगद गरि कुल २५.२६ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन २४ गतेसम्म कायम शेयरधनीले मात्र सभाम भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।















