सिभिल बैंकको शेयर कारोबार रोक्का
वि.सं.२०७९ फागुन ११ बिहीवार १७:३६
5.02K
shares
shares

काठमाडौं, ११ फागुन । नेपाल स्टक एक्सचेञ्जले सिभिल बैंक लिमिटेडको शेयर कारोबार रोक्का गरेको छ ।
सिभिल बैंकलाई हिमालयन बैंकले प्राप्ती गर्ने कार्य सम्पन्न भइ फागुन १२ गतेदेखि हिमालयन बैंकको नामबाट एकीकृत कारोबार सुरु गर्ने भएसँगै नेप्सेले बैंकको शेयर कारोबार रोक्का गरेको हो ।
हिमालयनले सिभिललाई १००ः८०.२८ अनुपातमा प्राप्ति गरेको हो अर्थात् सिभिल बैंकको १०० कित्ता सेयर बराबर हिमालयन बैंकको ८०।२८ कित्ता सेयर अनुपात हुने भएको छ ।
दुवै बैंकको पुस २८ गते सम्पन्न साधारण सभाले मर्जर प्रस्ताव पारित गरेका थिए ।

















