Dhulikhel Eco Banner new

भाखा नाघेको कर्जा ३० दिनभित्रमा तिरे जरिवाना नलाग्ने

4.32K
shares

काठमाडौं, १२ फागुन । भाखा नाघेको कर्जा ३० दिनभित्र तिरेमा जरिबाना नलाग्ने भएको छ । नेपाल राष्ट्र बैंकले ’क’, ’ख’ र ’ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन–२०७९ मा संशोधन तथा परिमार्जन गर्दै यस्तो व्यवस्था गरेको हो ।

अब बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको साँवारब्याज भाखा नाघेको ३० दिनभित्र भुक्तान गरेमा हर्जना ब्याज तिर्नु पर्नेछैन् ।

राष्ट्र बैंकले यो व्यवस्था २०८० जेठ मसान्तसम्ममा भुक्तानीको भाखा रहेको साँवा/ब्याजमा मात्र लागू हुने प्रष्ट पारको छ ।

तर, यदि कुनै ऋणीले छुट पाउने अवधिभित्र कर्जाको साँवारब्याज भुक्तानी नगरेमा पूर्वनिर्धारित शर्तबमोजिम सम्पूर्ण भाखा नाघेको अवधिको बैंकले पेनाल ब्याज लिन सक्ने राष्ट्र बैंकको निर्देशनमा छ ।