Dhulikhel Eco Banner new

मोदी इनर्जीको आईपीओ फागुन २५ गतेबाट बिक्रीमा

4.21K
shares

काठमाडौं, १६ फागुन । मोदी इनर्जी लिमिटेडले फागुन २५ गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले इलाम जिल्लाका आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई फागुन २५ गतेदेखि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले पर्वत जिल्लाका स्थानीयको लागि २९ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । यस निष्काशनमा पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नम्बर ३ मोदी गाउपलिका वडा नम्बर २, ५ र ६, तथा कुश्मा नगरपालिका वडा नम्बर ८ का स्थानीयले मात्र आवेदन दिन सक्ने छन् । त्यस्तै ४ लाख ३५ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपालीहरुको लागि निष्काशन हुने छ ।

कम्पनीले स्थानीयलाई निष्काशन गरेको शेयरमा छिटोमा चैत्र ९ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा चैत्र २४ गतेसम्म आवेदन दिन सकिने छ । श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई छुट्याईएको शेयरमा चैत्र ९ गतेसम्म मात्र आवेदन दिन सकिने छ।

स्थानीयले आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । श्रमिकलाई छुट्याईएको शेयरमा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि बिक्रि प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ।

स्थानीय र श्रमिकलाई निष्काशन गरेको शेयर बाँडफाँट भएपछि कम्पनीले २ लाख १७ हजार ५ सय कित्ता सामुहिक लगानी कोषलाई, ८७ हजार कितात कम्पनीका कर्मचारीलाई र बाँकि ३६ लाख १० हजार ५ सय कित्ता आम सर्वसाधारणलाई निष्काशन गर्ने छ ।