GBIME

लिबर्टी इनर्जीले पायो हकप्रद निष्काशन गर्न आयोगको अनुमति

930
shares

काठमाडौं, १७ फागुन । लिबर्टी इनर्जी कम्पनी लिमिटेडलाई ५० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव वार्षिक साधारण सभामा पेश गर्न बाटो खुला भएको छ ।

विद्युत् नियमन आयोगले स्वीकृति दिएसँगै कम्पनीलाई उक्त हकप्रद शेयर निष्कासनको प्रस्ताव साधारण सभामा पेश गर्न बाटो खुला भएको हो । कम्पनीले माघ २५ गते आयोगसँग हकप्रद निष्कासनको प्रस्ताव साधारण सभामा पेश गर्न अनुमति मागेको थियो ।

आयोगको फागुन १७ गतेको १८७औं बैठकले कम्पनीलाई हकप्रद शेयर निष्कासनको प्रस्ताव साधारण सभामा पेश गर्न स्वीकृति प्रदान गरेको हो । कम्पनीले हाल कायम चुक्तापूँजी रू. १ अर्ब ५० करोडको आधारमा ५० प्रतिशत दरको ७५ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

वार्षिक साधारण सभाले पारित गरेपछि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा हकप्रद शेयर निष्कासनका लागि स्वीकृति माग्नेछ । बोर्डले स्वीकृत गरेपछि मात्र कम्पनीले हकप्रद शेयर निष्कासन गर्नेछ ।